घटना

रुकुमपूर्वमा दुई दिदी–बहिनी मृत फेला

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

रुकुमपूर्व, चैत २३ गते । जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका–३ रन्मामा दुई दिदी–बहिनी मृत फेला परेका छन् । बिहीबार बिहान पुथाउत्तरगङ्गा गाउँपालिका–३ रन्मा गाउँका एकै घरका दुई दिदी–बहिनी मृत फेला परेका हुन् । 

बुधबार साँझ दुई दिदी–बहिनी सिस्नो टिप्ने भनी घरबाट निस्किएका थिए । तारामान बुढाका दुई छोरी ११ वर्षीया रिना बुढामगर र ९ वर्षीया कालिमाया बुढामगर रहेको गाउँपालिकाका अध्यक्ष पुनिराज घर्ती मगरले जानकारी दिनुभयो । 

बिज्ञापन

बुधबार साँझ हराएका दुई बालिकाको स्थानीयले खोजी कार्य गर्दा बिहीबार बिहान रन्मा गाउँकै भीरमा मृत फेला परेपछि प्रहरीलाई खबर आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) अञ्जना श्रेष्ठले जानकारी दिनुभयो । घटनाको थप अनुसन्धानका लागि हाल प्रहरी घटना स्थलतर्फ जाँदै गरेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताउनुभयो । स्थानीयबाट प्राप्त भएको खबर अनुसार दुई बालिकाको गरगहना लुटपाट गरी लुटेराले हत्या गरेको हुनसक्ने आशङ्का गरिएको श्रेष्ठको भनाइ रहेको छ । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।