बिश्व

साउदी र इरानबीच राजदूतावास खोल्ने देखी हवाई उडान गर्नेसम्मको सहमति

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

एजेन्सी । साउदी अरबका राजकुमार फैसला बिन फरहान अल साउद र इरानका परराष्ट्रमन्त्री अमिर अब्दोल्ला हियानबीच भेटवार्ता भएको छ ।

कूटनीतिक सम्बन्ध अघि बढाउनका लागि उनीहरुबीच चीनको राजधानी बेइजिमाङमा भेटवार्ता भएको हो । भेटमा उनीहरुबीच एकअर्काको देशमा राजदुतावास खोल्ने देखी हवाई उडान गर्नेसम्मको सहमति भएको छ ।

बिज्ञापन

सहमतिअनुसार साउदीको राजधानी रियाद र इरानको राजधानी तेहरानमा राजदूतावास खोलिनेछ । सोही सहमतिको क्रममा साउदीको जेद्दाहमा र इरानको मशहदमा वाणिज्य दूतावास खोल्न पनि दुवै देश सहमत भएको जनाईएको छ ।

सन् २०१६ मा कूटनीतिक सम्बन्ध तोडेका इरान र साउदी चीनको मध्यस्तकर्तामा पुनः सहकार्य विस्तारलगायत अन्य पक्षमा पनि मिलेर जाने बिषयमा सहमति गरेका हुन् ।

समाचारअनुसार एकअर्काको देशमा उडान गर्ने, सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिमण्डलहरुको द्धिपक्षिय भ्रमणलाई पुनः निरन्तरता दिने, ब्यापार खुल्ला राख्ने तथा हजलगायतमा इरानी नागरिकलाई आउन सहज गर्नेलगायतका बिषयमा दुवै पक्ष बिच सहमति कायम भएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।