राजनीति

सरकारले एकदिन, एक परिणाम दिने गरी काम गर्नुपर्छ : गगन थापा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले गठबन्धनको सरकारले सार्वजनिक गरेको साझा न्यूनतम कार्यक्रमको प्रशंसा गर्दै अब कार्यान्वयन गर्नतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले अब प्रधानमन्त्रीले चुस्त टिमका साथ देश र जनताका लागि काम गर्नुपर्ने उल्लेख गरे।

बिज्ञापन

सरकारले मुलुकमा देखिएको आर्थिक सङ्कटलाई समाधान गरी जनतामा आशा र भरोसा जगाउने गरी काम गर्नुपर्ने नेता थापाको भनाइ छ।

साझा न्यूनतम कार्यक्रम कार्यान्वयन गर्न सरकारका सबै निकायलाई परिचालन गर्न आग्रह गर्दै उनले एकदिन, एक परिणाम भन्ने नाराका साथ काम गर्नुपर्ने सुझाव दिए।

साझा कार्यक्रममा  छुटेका कार्यक्रम थप्न सुझाव दिँदै उनले सरकारका निकायबीचमा आपसी समन्वय नहुँदा पनि कतिपय अवस्थामा काम प्रभावकारी नहुने भएकाले यसमा प्रभावकारी काम गर्न आग्रह गरे।

बैठकमा नेकपा माओवादी केन्द्रका नेता एवं सांसद देवेन्द्र पौडेलले संविधान र अहिलेको राजनीतिक व्यवस्थाले जनतालाई सरकारी सेवा लिन सहज भएको र समावेशी भएको उल्लेख गरे।

हालको राजनीतिक प्रणालीलाई जोगाएर सेवा प्रवाहलाई प्रभावकारी बनाउन सबै एकजुट भएर अघि बढ्नुपर्ने बताए। साझा न्यूनतम कार्यक्रम कार्यान्वयनमा ध्यान केन्द्रित गर्नुपर्ने बताए।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा तोसिमा कार्कीले मुलुकको स्वास्थ्य क्षेत्रमा २०४६ सालको दरबन्दीमै अहिले पनि सेवा प्रवाह भइरहेको बताउँदै तत्काल सङ्घीय र प्रादेशिकस्तरमा पदपूर्ति गर्नुपर्ने बताए।

उनले अन्य कर्मचारीसँगै स्वास्थ्य क्षेत्रका जनशक्तिको समायोजन गरिएकाले अहिले स्वास्थ्य क्षेत्रमा कहीँ उपकरण छ, जनशक्ति छैन, कहीँ जनशक्ति छ, कहीँ उपकरण नभएको अवस्था देखिएको बताउँदै समाधानका लागि सरकारसँग आग्रह गरे।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।