वाईसियल बागमतीका सदस्यसहित मकवानपुरका दुई नेताले छाडे माओवादी केन्द्र

हेटौंडा । मकवानपुरका दुईजना युवा नेताहरुले माओवादी केन्द्र परित्यागको घोषणा गरेका छन् ।
पार्टी परित्याग गर्नेमा माओवादीका जिल्ला सदस्य एवम मनहरी गाउँपालिका सचिव संजिव पाठक तथा वाईसियल बागमती प्रदेश सदस्य जगदीश दाहाल रहेका छन् ।

माओवादी केन्द्र देशको आर्थिक विकास र संमृद्धिको यात्रामा कता-कता अलमलिएको भन्दै दुवै नेताहरुले पार्टी परित्यागको घोषणा गरेका हुन् । पार्टी परित्याग गरेका मध्य दाहालले राष्ट्रिय स्वतन्त्र पार्टीमा सक्रिय हुने बताएका छन भने पाठकले पनि घुमाउरो भाषामा रास्वपामानै प्रवेश गर्ने उल्लेख गरेका छन् ।
गत स्थानीय तहमा पाठक मनहरी गाउँपालिका वडा नंबर ३ मा माओवादी केन्द्रको तर्फबाट वडाध्यक्षको उम्मेदवार समेत थिए भने दाहाल माओवादी निकट राष्ट्रिय उद्योग ब्यापार संगठनको केन्द्रीय सदस्य रहेका छन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
