राष्ट्रिय समाचार

सिंहदरबारको फोहोर उठाउन बन्द

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडों । काठमाडौं महानगरपालिकाले सिंहदरबारको फोहोर आइतबारदेखि उठाउन बन्द गरेको छ । मेयर बालेन्द्र साह (बालेन)ले शुक्रबार सामाजिक सञ्जालमार्फत महानगरपालिकाको काममा सिंहदरबारबाट असहयोग भएको भन्दै फोहोर नउठाउने घोषणा गरेका थिए । उक्त घोषणालाई आधार मानेर सिंहदरबारको फोहोर महानगरले उठाउन छाडेको हो ।

फोहोर मैला व्यवस्थापन संघका महासचिव मित्रप्रसाद घिमिरेका अनुसार काठमाडौंका मेयर बालेनले फोन गरेर सिंहदरबारको फोहोर नउठाउन निर्देशन दिएपछि फोहोर नउठाएको हो ।

बिज्ञापन

फोहोर उठाउने जिम्मा पाएको परिवर्तन सेवा प्रालिका सञ्चालक समेत रहेका घिमिरेले सिंहदरबारबाट कुहिने र नकुहिने गरी दैनिक ५ टन फोहोर उठ्ने गरेको बताए । सिंहदरबारबाट उठेको फोहोर ल्याण्डफिल साइट बञ्चरेडाँडा लैजाने गरेको उनको भनाई छ ।

परिवर्तन सेवा प्रालिले सहरी विकास मन्त्रालय अन्तर्गत ठेक्का मार्फत सिंहदरबारको फोहोर उठाउँदै आएको थियो । फोहोर उठाउन सहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यले घिमिरेलाई फोन गरेर निर्देशन दिएका थिए । तर, मेयर बालेनले ‘बञ्चरेडाँडामा सिंहदरबारको फोहोर जाँदैन, तपाईंहरुले नउठाउनुस’ भनेपछि आइतबारदेखि फोहोर रोकिएको हो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।