पूर्व सांसदसहित ६५ नेता–कार्यकर्ता एमालेमा प्रवेश

२६ चैत, बर्दिया । बर्दियामा पूर्व सांसदसहित ६५ जना नेता–कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । मिसन ग्रासट्टट अभियानअन्तर्गत मधुवन नगरपालिकामा आयोजित कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा पूर्व संघीय सांसद चिरञ्जीवी थारुसहित जसपाबाट ६ जना एमालेमा प्रवेश गरेका हुन् ।
अरु पार्टीमा भविष्य नभएको र देश बनाउने पार्टी नेकपा एमाले नै भएकाले एमालेमा प्रवेश गरेको थारूले बताए । त्यसैगरी नेकपा एकीकृत समाजवादीका जिल्ला कमिटी सदस्य एवं जनजाति महासङ्घका केन्द्रीय सदस्य तारा थापा मगरसहित ३० जना एमालेमै फर्किएका छन् । त्यसैगरी नेपाली काँग्रेस पार्टी परित्याग गरी ४ जना एमालेमा प्रवेश गरेका हुन् भने २५ जना नेकपा माओवादी केन्द्र लगाएतका पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् ।

एमालेमा प्रवेश गरेका नेता कार्यकर्तालाई पार्टी सचिव टोपबहादुर रायमाझी, स्थायी कमिटी सदस्य डा राजन भट्टराई र पोलिटब्युरो सदस्य शान्ता चौधरीले स्वागत गरेकी छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि रायमाझीले देशको संरक्षण गर्ने र देशको हितमा काम गर्ने पार्टी नेकपा एमाले मात्र भएको बताए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
