राजनीति

स्ववियुमा पनि लौरोको उदय, पाटन क्याम्पसको सभापतिमा सुशील विष्ट विजयी

बिज्ञापन

काठमाडौं । ललितपुरमा रहेको पाटन संयुक्त क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा हाम्रो नेपाली पार्टी लौरो अभियान निकटका राष्ट्रिय विद्यार्थी संघका सुशील विष्ट विजयी भएका छन् ।

बिज्ञापन

योसँगै स्ववियुको चुनावमा लौरोले खाता खोलेको छ ।

नेविसंघको तालाबन्दीका कारण यहाँ चैत ५ मा चुनाव रोकिएको थियो । शनिवार भएको मतदानपछि गएराति सम्पन्न गणनाको परिणामअनुसार विष्ट १६९ मतान्तरका साथ विजयी भएका हुन् । उनले ८४१ भोट ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेनिकट अनेरास्ववियुका सुरेश जिसी ६७२ भोटमा रोकिए ।

यसअघि नेविसंघका इकाई उपाध्यक्ष रहेका विष्ट आन्तरिक विवादका कारण विद्रोह गरी लौरोबाट उठेका थिए । केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले सुरूमा विष्टलाई नै टिकट दिएकोमा पछि युवराज थिङलाई अघि सारेपछि यहाँ नेविसंघको विवाद बढेको थियो ।

यही स्ववियु चुनावबाट पार्टीको शुभेच्छुक संगठनको रूपमा राष्ट्रिय विद्यार्थी संघ गठन गरी पाटनमा चुनाव लडेको हाम्रो नेपाली पार्टीका प्रवक्ता रोहन कार्कीले जानकारी दिए ।

बिज्ञापन