राजनीति

अखिल नेपाल महिला संघको अध्यक्षमा टुका हमाल

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेकपा एमालेनिकट महिला भ्रातृ संगठन अखिल नेपाल महिला संघको नयाँँ कार्यसमिति चयन भएका छ । चैत २५ गते सम्पन्न भएको सम्मेलनबाट टुका हमालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गरेको सो सम्मेलनवाट उपाध्यक्षमा शर्मिला कार्की, मेनुका काफ्ले, सुमित्रा विसी, मेनका पोखरेल, रूकमणी राना र विमला राई पौडेल चयन भएका छन । बिमला राई निवर्तमान परराष्ट्र मन्त्रीसमेत हुन ।

बिज्ञापन

महासचिवमा भने पेम्बा लामा र उपमहासचिवमा शान्ति अधिकारी नयाँ कार्यसमितिमा आएका छन् । यसैगरी ७ वटै प्रदेशको प्रतिनिधित्व हुने गरी सचिवहरूमा विणा राई, नरदेवी पुन, बीना ज्ञवाली, मीना रखाल, बीना साह, आशा बिक र शारदा कुमाल कार्यसमितिको नयाँ नेतृत्वमा आएका छन भने कोषाध्यक्षमा इन्दिरा फुयाँल चयन भएको सुजिता शाक्यले जानकारी दिएकी छिन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।