अर्थ

सुनको भाउ ७ सय रुपैँयाले घट्यो, तोलाको कति ?

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेपाली बजारमा आज सोमबार सुन–चाँदीको भाउ घटेको छ । आइतबार स्थिर रहेको पहेँलो धातु सुनको भाउ सोमबार ७ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँमा काारोबार भइरहेका छ । त्यस्तै तेजावी सुनको भाउ सोमबारका लागि तोलाको १ लाख ८ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ ।

बिज्ञापन

यसअघि, आइतबार छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँमा खरिदबिक्री भएको थियो भने तेजावी सुनको मूल्य भने तोलाको १ लाख ९ हजार ५०० सय रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार चाँदीको भाउ पनि घटेको छ । आज चाँदी १० रुपैयाँले घटेर तोलाको १४ सय ३० रुपैयाँ कायम भएको छ । आइतबार चाँदी तोलाको १४ सय ४० मा खरिदबिक्री भएको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।