सुदूरपश्चिम प्रदेश

धनगढीको ६ लेन सडकमा २०० मिटरको दूरीमा पैदल मार्ग, दुर्घटनाको जोखिम

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

२७ चैत, धनगढी । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा रहेको मोहनापुल अत्तरिया ६ लेन सडकमा छोटो दूरीमा बाटो काट्नका लागि पैदल मार्ग राखिएपछि दुर्घटनाको जोखिम बढेको छ । कैलाली भन्सारदेखि गेटासम्म प्रत्येक दुई सय मिटरको दुरीमा पैदल मार्ग राखिएपछि दुर्घटनाको जोखिम बढेको हो ।

६ लेन सडकखण्डमा तीव्र गतिमा सवारीसाधन गुड्न भएका कारणले दुई सय मिटरको दूरीमा पैदल मार्ग राख्नु आफैमा वैज्ञानिक होइन तर धनगढीमा भने जोखिमलाई ध्यानमा नराखेर ठाउँ–ठाउँमा पैदल मार्ग राख्दा समस्या भइरहेको छ ।

बिज्ञापन

त्यति मात्र होइन पैदल मार्ग छाडिएका ठाउँमा जेब्रा क्रसिङ नराख्दा दुर्घटनाको जोखिम थप बढेको छ । ‘यो सडकमा प्रतिघण्टा ६० किलोमिटरको गतिले सवारी साधन चलाउने मिल्नेगरी बनाइएको हो,’ धनगढी–महेन्द्रनगर खण्डमा मिनी बस चलाउने चालक सुरज बोहरा भन्छन्, ‘तर तीव्र गतिको सडकका ठाउँ–ठाउँमा पैदल मार्ग राखिएका छन् । यी ठाउँमा मानिसहरुले सडक वारपार गर्दा ठक्कर लाग्ने जोखिम छ । न जेब्रा क्रसिङ नै छ ।’

धनगढीदेखि दार्चुलाको बस चलाउँदै आएका अर्का चालक दिपक विष्ट पनि सडकमा पर्याप्त मात्रामा ट्राफिक संकेत नहुँदा समस्या भएको बताउँछन् । आफूले संघीय राजधानी काठमाडौंमा समेत बस चलाएको बताउने उनी स्पीड वेमा छोटो दुरीमा पैदल मार्ग कतै नदेखेको बताउँदै यसले थप जोखिम बढाएको सुनाए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।