आज सुदूर पहाडमा वर्षाको सम्भावना
लोक कल्याणकारी विज्ञापन

धनगढीः आज सुदूरपश्चिमसहित अन्य तीन प्रदेशको पहाडी भूभागमा वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, कोशी, गण्डकी, र कर्णाली प्रदेशको पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा छ।
लोक कल्याणकारी विज्ञापन

आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने छ। यस्तै राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। महाशाखाले मेघगर्जन, चट्याङबाट हुनसक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

