राष्ट्रिय समाचार

उद्योग वाणिज्य महासंघको साधारणसभा आजबाट

बिज्ञापन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा आजदेखि सुरु हुँदै छ । उद्योगी व्यवसायीहरूको छाता संस्था महासंघको ५७ औँ साधारणसभाले महासंघको नयाँ नेतृत्व चयन गर्नेछ ।

बिज्ञापन

आजबाट सुरु हुने साधारणसभाले वरिष्ठ उपाध्यक्ष  चन्द्र ढकाल विधानतः स्वतः अध्यक्षमा चयन हुनेछन् भने नयाँ वरिष्ठ उपाध्यक्षलगायत सदस्य पदका लागि भने भोलिबाट निर्वाचन हुनेछ ।

वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र सांघाईले उम्मेदवारी दिने यस अघि नै घोषणा गरिसकेका छन् । यसरी निर्वाचित हुने महासंघको वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालका लागि स्वतः अध्यक्ष हुनेछन् ।

साधारण सभाले महासंघको ६४ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । जसअनुसार जिल्ला–नगर वाणिज्य, वस्तुगत र एसोसिएटमा एक–एक जना गरी तीन जना उपाध्यक्ष चयन गर्नेछ ।

यसैगरी, वस्तुगत संघबाट १४ जना, उद्योग वाणिज्य संघबाट १८ जना, एसोसिएट कार्यसमितिवाट १९ जना र जिल्लाबाट ७ जना सदस्य केन्द्रीय कार्यसमितिमा नयाँ नेतृत्व आउनेछ ।

बिज्ञापन