बलात्कार मुद्दाका दोषीलाई जन्मकैद

इलाम, चैत ३० गते । सुस्त मनस्थिति भएकी २४ वर्षीया एक महिलालाई जबरजस्ती करणी गरेको आरोप लागेका २५ वर्षीय एक व्यक्तिलाई जिल्ला अदालत इलामले जन्मकैदको फैसला सुनाएको छ । माङसेबुङ –१ का २५ वर्षीय जितबहादुर कामीलाई अदालतले जन्मकैदको सजाय सुनाएको हो ।
वि.सं.२०७८ कार्तिक १२ गते राति जितबहादुरले ती महिलालाई आफ्नै घरमा पटक–पटक जबरजस्ती करणी गरेको मिसिलमा उल्लेख छ । दोषीलाई अदालतले ५० हजार रुपियाँ पीडितलाई क्षतिपूति भराउन र दुई हजार आठ सय रुपियाँ पीडित राहत कोषमा जम्मा गर्न पनि आदेश दिएको अदालतका श्रेस्तेदार फडिन्द्र भट्टराईले जाकारी दिनुभयो ।

डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
