राष्ट्रिय समाचार

नयाँ वर्षको अवसरमा रेलसेवा विस्तार, अब दैनिक जनकपुर–जयनगर रेल चल्ने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

१ वैशाख, काठमाडौं । नयाँ वर्षको अवसर पारेर नेपाल रेल्वे कम्पनीले आज सेवा विस्तार गरेको छ। जनकपुरधामको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालन भइरहेको रेल सेवा शुक्रबारदेखि दैनिक चारपटक दिनेगरी विस्तार गरिएको हो। यसअघि दुईपटक मात्र रेल आवतजावत गर्ने गरेको थियो।

कम्पनीका महाप्रबन्धक निरञ्जन झासहित भारतीय प्राविधिकको टोली मिलेर रेल अगाडिको लिकमा नरिवल फोड्दै सेवा विस्तारको शुभारम्भ गरिएको हो।

बिज्ञापन

महाप्रबन्धक झाका अनुसार अब नेपालको कुर्थाबाट रेल बिहान ७ बजेर १५ मिनेटमा र दिउँसो २ बजेर ४५ मिनेटमा भारतको जयनगरका लागि प्रस्थान गर्नेछ भने भारतको जयनगरबाट रेल जनकपुरधाम वा कुर्थाका लागि बिहान ९ बजेर ३० मिनेट र अपराह्न ५ बजे प्रस्थान गर्नेछ। यो सेवा विस्तारसँगै रेलमा यात्रुको चाप कम हुनाका साथै आरामदायी यात्रा हुने अपेक्षा गरिएको छ।

महाप्रबन्धक झाले बिजलपुरासम्म रेलसेवा विस्तारका लागि काम भइरहेको जानकारी गराउँदै छिट्टै पूरा गरेर आफूहरुलाई हस्तान्तरण गर्न भारतीय कम्पनी इरकनलाई आग्रह गरिएको बताए।

साथै उनले थप एक यात्रुवाहक र एक कार्गो गरी दुई रेल सरकारसँग माग गरेको बताउँदै उनले त्यसपछि रेल यात्रा सहज र सुलभ हुने बताए। यसअघि बिहान १० बजे जनकपुरधामबाट प्रस्थान गर्ने रेल बिहान साढे ११ बजे जयनगर पुग्ने र पुनः दिउँसो ३ बजे जनकपुरधामका लागि छुट्ने गरेको थियो। यसबाट यात्रुलाई भारतीय बजारमा किनमेलका लागि समय नपुग्ने गरेको थियो।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।