राजनीति

नेकपा एसका अधिकारीद्वारा पार्टी परित्याग

बिज्ञापन

हेटौँडा । नेकपा (एकीकृत समाजवादी) पार्टीका  नेता मधु अधिकारीले पार्टी परित्याग गरेका छन् । राप्रपामा नातावाद, कृपावाद र अवसरबादको हाबी भएको भन्दै गत बैशाख २५ गते राप्रपाको केन्द्रीय समितिबाट राजीनामा दिएर समाजवादी प्रवेश गरेका अधिकारीले १ वर्ष नपुग्दै समाजवादी परित्यागको घोषणा गरेका हुन् ।

बिज्ञापन

स्थानीय तह निर्वाचनको मुखैमा राप्रपा छाडेर समाजवादीमा प्रवेश गरेका अधिकारीलाई समाजवादीले केन्द्रीय निर्वाचन आयोगको सदस्यमा मनोनित गरेको थियो । तर अहिलेको अवस्थामा नेताहरु पदको लागि जो सँग पनि मिल्ने प्रवित्ति देखिएको भन्दै अधिकारीले पार्टी परित्याग गर्दै स्वतन्त्र रहने निर्णय गरेका हुन् ।

अहिले निर्माण भएको गठवन्धन पनि लामो समयसम्म टिक्ने सम्भावना न्यून रहेको, यस्ताखाले राजनीतिक अस्थिरताले देशको अवस्था थप कमजोर हुँदै जाने र यो विषयमा नेतृत्वले पटक्कै कुरा नबुझेको कारण आफू समाजवादीमा बसिरहन उचित नरहेको निश्कर्ष निकाल्दै पार्टी परित्यागको घोषणा गरेको अधिकारीको भनाई छ ।

करिब ४ दशक राप्रपाको राजनीति गरेका अधिकारी पटक–पटक राप्रपा मकवानुरको अध्यक्ष हुँदै केन्द्रीय सदस्य समेत भएर कार्य गरेका थिए । राप्रपामा अवसरबादले जरा गाढेको र सामन्ती सोचको अवशेष अझै बाँकी रहेको भन्दै उनी समाजवादीतिर लागेका थिए ।

बिज्ञापन