सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा १९ जना कोरोना संक्रमित थपिए

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी । सुदूरपश्चिम प्रदेशमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ३८३ जनाको परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

सीमानाकामा गरिएको एन्टीजेन परीक्षणमा संक्रमण देखिएको निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए। बिहीबार यस प्रदेशमा ३६ जनामा संक्रमण पुष्टि भएको थयो। यहाँका भारतसँग सीमा जोडिएका जिल्लाका सबै नाकाहरुमा हेल्थ डेस्क स्थापना गरेर र स्वदेश भित्रिने सबैको कोरोना परीक्षणपछि मात्रै भित्रिन दिइएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।

बिज्ञापन

सुदूरपश्चिममा हालसम्म ६ लाख ५४  हजार ४७१ जनाको कोरोना परीक्षण गरिएकोमा ६२ हजार १८७ जनामा संक्रमण देखिएको छ। 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।