स्वास्थ तथा सरसफाइ

सन्त निरंकारी मण्डल नेपाल, टीकापुरले वृहत रुपमा रक्तदान शिविरको आयोजना गर्ने

बिज्ञापन

टीकापुर, ०२ बैशाख । सन्त निरंकारी मण्डल नेपाल, टीकापुरले वृहत रुपमा रक्तदान शिविरको आयोजना गर्ने भएको छ । सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलले कैलालीको टीकापुर सत्संग भवनमा आउँदो बैशाख ९ गतेका दिन बिहान ८.०० बजेदेखि दिउँसो १.०० बजेसम्म वृहत रुपमा रक्तदान शिविरको आयोजना गर्न लागेको मालिका समाचारलाई बताउनु भयो ।

बिज्ञापन

निरंकारी बाबा हरदेव सिंह जी महाराजले ‘रगत नालीमा होइन, नाडीमा बगाउनु पर्छ’ भन्ने सन्देशलाई चरितार्थ गर्न टीकापुरमा मात्र नभई नेपाल अधिराज्यभरि विभिन्न ठाउँमा सन्त निरंकारी मण्डलले उक्त दिन वृहत रुपमा रक्तदान गर्ने उहाँले बताउनु भयो ।

उहाँले प्रत्येक वर्ष मानव एकता दिवसको अवसर पारेर आयोजना हुने यस रक्तदान शिविरमा हजारौंको संख्यामा मिशनका सेवादल, सन्त–भक्तहरुले आफू खुशी मानव कल्याणार्थ रक्त दान गर्ने परिपाटी सन्त निरंकारी मिशनमा रहेको कुरा उल्लेख गर्दै बैशाख ९ गते शनिबारका दिन सम्पूर्ण मानव प्रेमीहरुलाई रक्तदान गरेर मानव कल्याणका लागि एक पाईला अगाडि बढाउन समेत आव्हान गर्नु भएको छ ।

स्मरण रहोस मानव योनिमा सबैभन्दा ठुलो दान भनेको नै ‘रक्तदान’ हो, यसभन्दा ठुलो दान संसारमा अरु कुनै छैन् । यस सन्देशलाई साकार पार्दै वर्षौदेखि सन्त निरंकारी मण्डलले विश्वका विभिन्न देशहरुमा प्रत्येक वर्ष ‘मानव एकता दिवस’ को अवसरमा रक्तदान गर्दै आएको छ । सन् १९८६ बाट रक्तदान गर्न आरम्भ भएर गत अगस्त २०२२ सम्म मिशनका सेवादार तथा श्रद्धालु भक्तहरुले विश्वभरि लगभग १२ लाख युनिट रक्तदान गरेर संसारलाई विशाल एवं महत्वपूर्ण योगदान दिसकेका छन् ।

यस्तै प्रकार मिशनले कोभिड–१९ को दौरान मिशनका ७० भन्दा धेरै देशहरुमा रहेका करिब ३५०० शाखाहरुमा प्रभावित तथा आवश्यकतामन्द परिवारहरुसम्म सहायता पुरयाएको थियो । उक्त कार्यहरुमा निःशुल्क खाद्य किट, लंगर, पी.पी.ई. किट, मास्क, अक्सीजन कंसन्ट्रेटर प्रदान गरिनुको साथै निरंकारी भवनहरुमा कोभिड प्रभावित विरामीहरुको लागि क्वारन्टाईन सेन्टरको पनि निर्माण गरिएको थियो । निरंकारी चौक, दिल्ली स्थित निरंकारी सत्संग स्थललाई दिल्ली सरकारको सहायताबाट १००० बेडको कोभिड सेन्टरको रुपमा परिवर्तित गरिएको थियो । यसको अतिरिक्त मिशनद्वारा भारतको प्रधानमन्त्री राहत कोष तथा विभिन्न मुख्यमन्त्री कोषमा यथासम्भव आर्थिक योगदान पनि दिएको थियो भने नेपालमा पनि सन्त निरंकारी मण्डल नेपालले स्थानीय सरकार र केन्द्र सरकारलाई आर्थिक सहयोग पुरयाएको थियो ।

आज मिशनले सादा विवाह र नशा मुक्तिलाई महत्व दिएर हजारौ परिवारलाई राहत प्रदान गरिरहेकोछ । देश–विदेशको कुनै पनि भागमा भूकम्प, बाढी–पहिरो अथवा दैवीय संकट आई परेको खण्डमा सन्त निरंकारी मिशन राहत कार्यको लागि सधै अग्र पंक्तिमा रहने गर्दछ । सामाजिक समानता स्थापित गर्नको लागि प्रीति भोजन (लंगर) र निरंकारी सत्संग भवनले उल्लेखनीय भूमिका निभाई रहेकोछ । वृक्षारोपण र स्वच्छता अभियानमा पनि मिशन विश्वमा अग्रणी स्थानमा रहेको छ ।

बिज्ञापन