घटना समाचार

शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवीको निधन

बिज्ञापन

२ चैत, काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवीको जोशीको सय वर्षको उमेरमा निधन भएको छ ।

बिज्ञापन

पारिवारिक स्रोतका अनुसार किस्ट अस्पतालमा उपचारका क्रममा क्रममा आज बिहान सवा पाँच बजे राधादेवीको निधन भएको हो ।

केही दिनअघि राधादेवीलाई अस्पताल भर्ना गरिएको थियो । उनलाई श्वासप्रश्वासमा समस्या थियो ।

सत्यमोहन जोशीको गत असोज ३० गते १०३ वर्षको उमेरमा निधन भइसकेको छ ।

बिज्ञापन