स्वास्थ तथा सरसफाइ

कोरोना संक्रमणबाट चितवनमा एक वृद्धाको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

चितवन । कोरोना संक्रमणका कारण चितवनमा एक वृद्धाको मृत्यु भएको छ।

कोरोना संक्रमण भएपछि चितवन मेडिकल कलेजमा भर्ना गरिएका भरतपुर महानगरपालिका–१० का ६४ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो।

बिज्ञापन

स्वास्थ्य कार्यालय (चितवन) का जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार अनुसार ती पुरुषलाई निमोनियाँ भएको थियो भने मिर्गौलासम्बन्धी समस्या पनि थियो ।

कोरोना संक्रमणका कारण चितवनमा गत साउन २३ मा एकजनाको मृत्यु भएको थियो । त्यसयता संक्रमण नरोकिए पनि कोरोनाका कारण कसैको मृत्यु भएको थिएन।

यो सहित चितवनमा कोरोना संक्रमणका कारण मृत्यु भएकाको संख्या ४५१ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।