राष्ट्रिय समाचार

मेयर बालेनविरुद्धको मुद्दा न्यायाधीश कार्कीको इजलासमा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा आज सुनुवाई हुँदैछ ।

सिंहदरबार, राष्ट्रपति कार्यालय र बालुवाटारको फोहोर नउठाएको भन्दै अधिवक्ता पदम श्रेष्ठले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

बिज्ञापन

फोहोर उठाउने आदेश माग गर्दै अधिवक्ता श्रेष्ठले दिएको रिट कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको इजलासमा सुनुवाइ हुन लागेको हो । फोहोर उठाउने जिम्मेवारीबाट महानगर पन्छिन नपाउने रिटमा उल्लेख छ ।

केन्द्र सरकारले स्थानीय सरकारसँग समन्वय नगरेको भन्दै काठमाडौंका मेयर बालेनले १० दिनअघि बालुवाटार, सिंहदरबार र शीतलनिवासको फोहोर नउठाउन निर्देशन दिएका थिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।