राजनीति

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु तनहुँ जाँदै

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सत्तारुढ गठबन्धनका नेता आज तनहुँ जाँदैछन् ।

तनहुँ– १ मा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई भोट माग्न सत्ता गठबन्धनका शीर्ष नेता तनहुँ जान लागेका हुन् ।

बिज्ञापन

आगामी बैशाख १० गते हुने उपनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवार भट्टराईलाई भोट माग्न सत्ता गठबन्धनका शीर्ष नेताहरु आज तनहुँ आउन लागेको नेपाली कांग्रेस तनहुँका सभापति जितप्रकाश आलेले जानकारी दिए ।

उनका अनुसार प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले तनहुँको डुम्रेबजारमा आज दिउँसो २ बजे हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।