राष्ट्रिय समाचार

अन्तर्राष्ट्रिय विमानस्थल भोलि ६ घण्टा बन्द हुने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । बिहीबार (भोलि ) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ६ घण्टा बन्द गरिने भएको छ । बिहान १ बजेदेखि ७ बजेसम्म विमानस्थलमा कुनै पनि उडान-अवतरण नहुने त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलले जनाएको छ ।

विमानस्थलमा अनलाइन यूपीएस जडान गरिने भएकाले आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गर्न लागिएको विमानस्थलका महानिर्देशक प्रतापबाबु तिवारीले जानकारी दिए ।

बिज्ञापन

विमानस्थलका एक सूचना जारी गर्दै भनेको छ, विमानस्थलको विद्युत आपूर्ति प्रणालीलाई थप सुदृढ बनाउने क्रममा अनलाइन यूपीएस जडान गर्ने काम जारी रहेदा विभानस्थलभित्रको विद्युत आपूर्ति बन्द हुने हुनाले यो अवधिमा उडान तथा अवतरण बन्द रहनेछ ।

यो समयमा यात्रा गर्ने यात्रुले सम्बन्धित एयरलाइन्समा सम्पर्क गर्न भनिएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।