राजनीति

स्थापना दिवसको अवसरमा नेविसंघ अछामद्धारा रक्तदान र बिरामीलाई फलफूल वितरण

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

अछाम । नेपाल विद्यार्थी संघ अछामले बयालपाटा अस्पतालमा रक्तदान तथा अस्पतालमा भर्ना भएका बिरामीलाई फलफूल वितरण गरेको छ।

आफ्नो ५४ औँ स्थापना दिवसको अवसरमा नेविसंघ अछामले रुक्तदान तथा अस्पतालका बिरामीलाई फलफुल वितरण गरेको हो।

बिज्ञापन

अस्पतालको अन्तरंग विभाग तथा आकस्मिक विभागमा भर्ना भएका ५० जना बढी बिरामीलाई फलफूल वितरण गरिएको नेविसंघ अछामका अध्यक्ष खेमराज खड्काले बताए। बिरामीहरुको स्वास्थ्य लाभको कामना सहित उनिहरुलाई फलफुल बितरण गरिएको उनले बताए।

फलफुल वितरण पछि भएको कार्यक्रममा बोल्दै कांग्रेस अछामका पूर्व सभापति एवं महासमिति सदस्य भरत कुमार स्वाँरले नेविसंघले विद्यार्थीका हकहितका साथ साथै सामाजिक कार्यमा समेत क्रियाशिल भएकोमा प्रशंसा व्यक्त गरे।

नेता स्वाँरले बयालपाटा अस्पतालले अछाम लगायतका दुर्गम क्षेत्रका जनतालाई निशुल्क गुणस्तरिय सेवा प्रदान गरिरहेकाले अस्पताललाई आवश्यक परेको बेला नेविसंघले जस्तोसुकै सहयोग पनि गर्नुपर्ने बताए।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।