राजनीति

स्थापना दिवसको अवसरमा नेविसंघ अछामद्धारा रक्तदान र बिरामीलाई फलफूल वितरण

बिज्ञापन

अछाम । नेपाल विद्यार्थी संघ अछामले बयालपाटा अस्पतालमा रक्तदान तथा अस्पतालमा भर्ना भएका बिरामीलाई फलफूल वितरण गरेको छ।

बिज्ञापन

आफ्नो ५४ औँ स्थापना दिवसको अवसरमा नेविसंघ अछामले रुक्तदान तथा अस्पतालका बिरामीलाई फलफुल वितरण गरेको हो।

अस्पतालको अन्तरंग विभाग तथा आकस्मिक विभागमा भर्ना भएका ५० जना बढी बिरामीलाई फलफूल वितरण गरिएको नेविसंघ अछामका अध्यक्ष खेमराज खड्काले बताए। बिरामीहरुको स्वास्थ्य लाभको कामना सहित उनिहरुलाई फलफुल बितरण गरिएको उनले बताए।

फलफुल वितरण पछि भएको कार्यक्रममा बोल्दै कांग्रेस अछामका पूर्व सभापति एवं महासमिति सदस्य भरत कुमार स्वाँरले नेविसंघले विद्यार्थीका हकहितका साथ साथै सामाजिक कार्यमा समेत क्रियाशिल भएकोमा प्रशंसा व्यक्त गरे।

नेता स्वाँरले बयालपाटा अस्पतालले अछाम लगायतका दुर्गम क्षेत्रका जनतालाई निशुल्क गुणस्तरिय सेवा प्रदान गरिरहेकाले अस्पताललाई आवश्यक परेको बेला नेविसंघले जस्तोसुकै सहयोग पनि गर्नुपर्ने बताए।

बिज्ञापन