राष्ट्रिय समाचार

प्रधानमन्त्रीको भारत भ्रमणमा सीमा समस्या प्राथमिकतामा पर्नेछन् : सञ्चारमन्त्री शर्मा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं, वैशाख ७ गते। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको समय निश्चित नभएको बताउनुभएको छ। 

बिहीबार वैशाख ५ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो। उहाँले प्रधानमन्त्रीको भारत भ्रमण निश्चित रहे पनि मिति भने तोक्न नसकिएको बताउनुभयो। 

बिज्ञापन

उहाँले भ्रमणका क्रममा प्रधानमन्त्रीले राख्ने विषय मन्त्रालयले प्राथमिकताका आधारमा सुझाव दिने बताउनुभयो। उहाँले प्रधानमन्त्रीको भारत भ्रमणमा सीमा सम्बन्धी समस्याका कुरा प्राथमिकतामा पर्ने पनि बताउनुभयो। 

मन्त्री शर्माले भन्नुभयो, ‘‘प्रधानमन्त्रीको भारत भ्रमण हुने भन्ने कुरा छ तर मिति निश्चित भइसकेको छैन। मिति तय भइसकेपछि नै भ्रमणको तयारीको बारेमा मन्त्रालयले प्राथमिकताका आधारमा योजना बनाउनेछ। के कस्ता योजना समावेश गर्ने ? भन्ने कुरा क्याबिनेटबाट नै स्वीकृत हुने हुँदा अहिले मिति तोकिसकिएको छैन। भारत सरकारसँग सम्बन्धित रहने योजना, जुन भारतसँग सहयोग लिनुपर्ने हुन्छ, तिनै योजना नै प्राथमिकतामा पर्ने हो। सीमा सम्बन्धी समस्याका कुराहरू प्राथमिकतामा पर्नेछन्।’’

मन्त्री शर्माले प्रधानमन्त्रीको भारत भ्रमण निश्चित भइसकेपछि भारसँग छलफलका एजेण्डा तय गर्ने पनि बताउनुभयो। 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।