घटना समाचार

पदम लिम्बूको श्रद्धाञ्जली सभामा झडप, विराटनगर तनावग्रस्त

बिज्ञापन

विराटनगर । कोशी प्रदेश नामकरणविरुद्धको आन्दोलनमा घाइते भई मृत्यु भएका पदम लिम्बू ‘लाजेहाङ’ अन्त्यष्टिअघि आयोजना गरिएको श्रद्धाञ्जलीसभामा झडप भएको छ ।

बिज्ञापन

विराटनगरको मेन बजार रोडशेष चोकमा पदमको शवयात्रामा सहभागी र प्रहरीबीच झडप भएको हो । श्रद्धाञ्जलीसभास्थलबाट मुख्यमन्त्री कार्यालयतिर प्रदर्शनकारी प्रवेश गर्न खोज्दा प्रहरीले रोकेपछि झडप भएको हो ।

प्रहरीको निषेधित क्षेत्र प्रवेश गर्न खोज्दा प्रदर्शनकारीले ढुंगामुढा गरेपछि सुरक्षाकर्मीले लाठी र अश्रुग्यास हानेका छन् । अहिले बजार क्षेत्रको स्थिति तनावग्रस्त बनेको छ ।

बेलबारीमा अन्त्यष्टि गर्नुअघि पदमको शवयात्रासँगै धरान, इटहरी र विराटनगरमा श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो ।

बिज्ञापन