घटना समाचार

प्रहरीको गोली लागेर विराटनगरमा सातजना घाईते

बिज्ञापन

काठमाडौं । विराटनगरमा प्रहरीले रबरको गोली चलाउँदै पहिचान पक्षधरका सातजना घाईते भएका छन् । शहीद पदम लिम्बू ‘लाजेहाङ’को शव र्यालीको क्रममा प्रहरीले गोली अश्रुग्याससहित रबरको गोली चलाएको हो ।

बिज्ञापन

त्यसक्रममा पहिचान पक्षधरका सातजना घाईते भएको अर्जून जम्नेली राईले दृष्टि न्युजलाई जानकारी दिए । उनका अनुसार प्रहरीको अश्रूग्यास लागेर घाईते हुनेहरुको यकिन विवरण भने आउन बाँकी रहेको छ ।

घाईते हुनेहरुमा किरात राई यायोख्खा बिराटनगरका समिति सदस्य चन्द्र कुमार राई, सुनसरी इटहरी–२ का डेनिस राई र शिबसतासी–८, सन्त कुमार शेर्मा, राजकुमार शेर्मा लगातय रहेका छन् । अहिले उनीहरुको पारस अस्पतालमा उपचार भइरहेको छ । अहिले झडप केही साम्य भएपछि शव यात्रा पुनः प्रारम्भ भएको छ भने हाले विराटनगरको लोकतान्त्रिक चोकमा कोणसभा भइरहेको छ ।

पहिचान पक्षधरले कोशी नाम खारेजको माग गर्दै गत चैत ५ गते विराटनगरमा गरेको वृहत प्रदर्शनका क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो । सोही झडपमा परी लाजेहाङ घाईते भएका थिए ।

टाउकोमा चोट लागेका उनलाई चैत ८ गते धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना गरिएपनि १० गते उनको मृत्यु भएको थियो । त्यसपछि प्रदेश पुनः नामाकरण संयुक्त संघर्ष समितिले उनलाई सहिद घोषणा गर्नुपर्ने, उचित क्षतिपूर्ति दिनुपर्ने लगायतका माग गरेका थिए । लाजेहाङलाई संघीय सरकारले सहिद घोषणा गर्ने र उनको परिवारलाई क्षतिपूर्ति दिने निर्णय गरिसकेको छ ।

संघर्ष समितिले भने प्रदेशको नाम कोशी खारेज नगरेसम्म शव उठाउन नदिने बताउँदै आएका थिए । तर, विभिन्न पक्षको छलफलपछि भने एक महिनापछि लाजेहाङको अन्त्येष्टि गर्न उनीहरु सहमत भएका छन् । लाजेहाङको शव विपी प्रतिष्ठान धरानको शव गृहमै रहेको थियो ।

लाजेहाङको अन्त्येष्टि गर्नुअघि धरानमा, इटहरी, विराटनगरको रोडशेष चोकमा श्रद्धाञ्जली अर्पण तथा श्रद्धाञ्जली सभा गर्ने र कोशी प्रदेशसभा परिक्रमा गराउने उनीहरुको कार्यक्रम थियो । सोही क्रममा झडप भएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडिको बाटोलाई निषेधित क्षेत्र तोकेर प्रहरीले आवतजावतमा रोक लगाएको थियो । आन्दोलनरत पक्षले निषेधित क्षेत्र तोडेपछि झडप भएको प्रहरीको भनाई छ । मुख्यमन्त्री कार्यालयदेखि २०० मिटर उत्तरमा पर्ने सडकमा झडप हुँदा प्रहरीले रबरको गोलीसहित अश्रुग्यास र लाठी प्रहार गरेको हो ।

प्रदेशको नाम कोशी राखेको विरोधमा भइरहेको आन्दोलनका क्रममा ५ चैतमा घाइते भई १० चैतमा मृत्यु भएका पदम लिम्बुको शव श्रद्धाञ्जलीका लागि शनिबार धरानबाट विराटनगर ल्याइएको छ ।

बिज्ञापन