टीकापुरमा लागु औषध चरेशका साथ दुई युवा पक्राउ

टीकापुर, १० बैशाख । टीकापुरमा लागु औषध चरेशका साथ दुई युवा पक्राउ परेका छन् ।
हिजो बिहान अं.११ः३० बजेको समयमा जिल्ला कैलाली टीकापुर नगरपालिका वडा नं.१ वन कार्यालय नजिक सडक खण्डमा ईलाका प्रहरी कार्यालय टीकापुर कैलालीबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले जिल्ला कञ्चनपुर कृष्णपुर नगरपालिका वडा नं.५ गुलरीया बस्ने बर्ष २७ को पुष्पराज जैशीले चलाएको म २ प ८६७८ नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्दा उक्त मोटरसाईकल पछाडी सवार बर्ष २३ को डेनी प्रसाद जोशी ज्याकेटको खल्तीमा लुकाई छिपाई गरी राखेको ८०० मिलिग्राम लागु औषध चरेश फेला परेकोमा पुष्पराज जैशी र डेनी प्रसाद जैशीलाई पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको ईलाका प्रहरी कार्यलयले बताएको छ ।

डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
