National Election

चितवन २ : दिउँसो १ बजेदेखि मतगणना गर्ने सहमति

बिज्ञापन

चितवन । चितवन क्षेत्र नम्बर २ को आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना आज दिउँसो १ बजेदेखि सुरु गर्ने सहमति भएको छ ।

बिज्ञापन

आज बिहान बसेको सर्वदलीय बैठकमा दिउँसो १ बजे मत गणना गर्न सहमति भएको हो । मतगणना उद्योग संघको प्रदर्शनी केन्द्रमा हुनेछ ।

चितवन क्षेत्र नम्बर २ मा रास्वपाका सभापति रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठसहित २२ जना उम्मेदवार छन् ।

बिज्ञापन