स्थानीय चुनावको

वाग्लेलाई बधाई दिँदै भट्टराईले भने- मेरो रचनात्मक सहयोग र खबरदारी रहन्छ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

पोखरा । तनहुँ १ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेलाई नेपाली कांग्रेसबाट उम्मेदवार रहेका गोविन्द भट्टराईले माला लगाइदिएर बधाई दिएका छन्।

दमौलीमा वाग्लेलाई निर्वाचन आयोगले निर्वाचित भएको प्रमाणपत्र दिएको थियो । सोही कार्यक्रममा कांग्रेसका उम्मेदवार भट्टराईले स्वर्णिमलाई माला लगाइदिएर भट्टराईले बधाई तथा शुभकामना दिएका छन्।

बिज्ञापन

रास्वपाका वाग्लेले ३४ हजार ४ सय ८० मत ल्याएर विजयी हुँदा कांग्रेसका भट्टराईले २० हजार ९२ मत ल्याएका थिए ।

सामाजिक संजालमा वाग्लेलाई बधाई दिदै भट्टराईले मतदाताको विकासे चाहना पूरा गर्ने अभियानमा आफ्नो रचनात्मक सहयोग अनि खबरदारीपूर्ण साथ बताएका थिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।