काठमाडौँ महानगरले सिल गर्यो घरको सटरमा सञ्चालन भइरहेको पेट्रोल पम्प

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले घरको सटरमा सञ्चालन भइरहेको पेट्रोल पम्प सिल गरेको छ ।
मापदण्डविपरीत ५ वर्षदेखि घरको सटरमा सञ्चालन भइरहेको बालाजुस्थित कोतःधुकु पेट्रोल पम्प महानगरले आज सिल गरेको हो ।

मापदण्डविपरीत घरको सटरमा पेट्रोल पम्प सञ्चालन गरेका कारण महानगरले पेट्रोल पम्पमा सिल गरेको नगरप्रहरी प्रमुख राजु पाण्डेले बताए ।
‘उक्त पेट्रोल पम्प घरको सडकपेटीमा सञ्चालन भइरहेको थियो । जसको कारण पेट्रोल भर्नेहरुको लाइनले सडक जाम हुने गरेको थियो,’ उनले भने ।
अदालतको स्टे अर्डर हुँदा–हुँदै पनि महानगरले पेट्रोल पम्पमा सिल गरेको पम्पका सञ्चालकको भनाइ छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
