काठमाडौँ महानगरले सिल गर्यो घरको सटरमा सञ्चालन भइरहेको पेट्रोल पम्प
लोक कल्याणकारी विज्ञापन

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले घरको सटरमा सञ्चालन भइरहेको पेट्रोल पम्प सिल गरेको छ ।
लोक कल्याणकारी विज्ञापन

मापदण्डविपरीत ५ वर्षदेखि घरको सटरमा सञ्चालन भइरहेको बालाजुस्थित कोतःधुकु पेट्रोल पम्प महानगरले आज सिल गरेको हो ।
लोक कल्याणकारी विज्ञापन

मापदण्डविपरीत घरको सटरमा पेट्रोल पम्प सञ्चालन गरेका कारण महानगरले पेट्रोल पम्पमा सिल गरेको नगरप्रहरी प्रमुख राजु पाण्डेले बताए ।
बिज्ञापन

‘उक्त पेट्रोल पम्प घरको सडकपेटीमा सञ्चालन भइरहेको थियो । जसको कारण पेट्रोल भर्नेहरुको लाइनले सडक जाम हुने गरेको थियो,’ उनले भने ।
अदालतको स्टे अर्डर हुँदा–हुँदै पनि महानगरले पेट्रोल पम्पमा सिल गरेको पम्पका सञ्चालकको भनाइ छ ।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

