राष्ट्रिय समाचार

अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको भन्दै महावीर पुनले थाले आन्दोलन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कठामाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले माइतीघर मण्डलाबाट आन्दाेलन सुरु गरेका  छन् ।

अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको भन्दै आज बिहान माइतीघर मण्डलाबाट आन्दोलन सुरु गरेका हुन् ।

बिज्ञापन

उनले नवप्रवर्तन अनुसन्धान र आविष्कार कोष खडा गर्न माग गरे । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेर कुरा राखेपनि सरकार गम्भीर नभएपछि आन्दोलनको घोषणा गरेका थिए । पुनले सरकारलाई भेटेर आन्दोलन गर्दैछौं है भनेर सूचना दिन बालुवाटार गएको बताए ।

उनले भने,‘अस्ति प्रधानमन्त्री, शिक्षामन्त्री, योजना आयोगको उपाध्यक्ष लगायतलाई  भेटेर हामीले आन्दोलन गर्दैछौं है भनेर सूचना दिन गएको हौं ।’
उनले १० वर्षदेखि आफनो माग सम्बोधन नभएको भन्दै गुनासो पोखे । उनले सरकारसँग ४ बुँदे माग राखेका छन् ।

पहिलो, संघिय सरकार र प्रदेश सरकारले विकास बजेटको एक प्रतिशत रकम अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोषमा राखोस् ।
दोस्रो, कोषमा राखेको रकमलाई खर्च गर्नका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारको लागि सहज रुपमा प्रतिभा भएका युवाहरुलाई पुयाउनको लागि छुटै कानुन बनाओस्।
तर सार्वजनिक खरिद अन्तर्गत कानुन नबनाओस् ।
तेस्रो आविष्कार केन्द्रमा लागेर कसैले कुनै चीज बनाउँछ भने बनेको चीजलाई लाइसेन्स दिनुपर्ने, दर्ता गर्नुपर्ने दर्ता गर्नको लागि छुटै कानुन बनाइयोस्
चौथो यो सबै कुराहरुलाई हेर्नको लागि सहज रुपमा सञ्चालन गर्नको लागि अनुसन्धान प्रवर्तन र विभाग बनाइयोस् , र सबै काम त्यही विभागले गरोस् । प्रतिभा भएको मान्छेहरु ठाउँठाउँमा भत्किन नपरोस् । यस्ता माग राखेको १० वर्ष भइसक्दा पनि सुनुवाई नभएको गुनासो गरे ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।