अवर्गीकृत

सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको तयारी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ

सरकारले आफ्ना नीति तथा कार्यक्रम नसमेटेको भन्दै रास्वपाले गत पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको हो । रास्वपाका प्रवक्ता मुकुल ढकालले सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने अवस्थामा पार्टी पुगेको बताए ।

बिज्ञापन

‘हाम्रो एजेण्डा सरकारको नीति तथा कार्यक्रममा समेटिएन । तसर्थ हामीले सरकारलाई दिएको समर्थन कायम राख्ने औचित्य नै छैन,’ उनले भने, ‘हामीले मेन्टालिटी बनाइसकेका छौं । निर्णय मात्र गर्न बाँकी छ ।

गत पुस ११ गते उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयको जिम्मेवारी लिएर रवि लामिछाने सरकारमा गएका थिए । तर, नागरिकता विवादमा सर्वोच्च अदालतले विपक्षमा फैसला गरेपछि उनको सांसद पद गुमेको थियो । त्यसपछि उनले आफ्ना दुई मन्त्री र एक राज्यमन्त्रीलाई राजीनामा दिन लगाएका थिए ।

बैशाख १० गते भएको उपनिर्वाचनबाट लामिछाने पुनः प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । उनी सांसद निर्वाचित भएसँगै सरकारमा जाने अड्कलबाजी हुन थालेका थिए । तर, प्रतिनिधिसभामा उपनिर्वाचनमा निर्वाचित भएकै दिन उनले सरकारलाई दिएको समर्थन कायम राखिरहनुको औचित्य नभएको बताएका थिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।