राजनीति

जनमतको कदर गर्दै रविलाई रोजेको मन्त्रालय दिऊँ, म त्याग गर्न तयार छु : मन्त्री किराँती

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्ने बताएका छन् ।

लोक कल्याणकारी विज्ञापन

शुक्रबार होटल व्यवसायी महासंघ र पर्यटन बोर्डद्वारा आयोजित पौवामा आयोजित होटल शेवा व्यवस्थापन सम्बन्धी तालिम उद्घाटन कार्यक्रममा मन्त्री किराँतीले, ‘जनताले रवि लामिछानेलाई लोकप्रिय मत दिएका छन् । यो जनमतको सम्मान गर्न अब रविले रोजेको मन्त्रालय दिनुपर्छ । त्यसको लागि मैले के त्याग गर्नुपर्छ तयार छु ।’

लोक कल्याणकारी विज्ञापन

हजारौं जनताको बलिदानीबाट प्राप्त यो व्यवस्थाले अझै जरा गाड्न नसकेको उल्लेख गर्दै उनले जनताको दिनदैनिकी दयनीय बन्दै गइरहेको बताए । देशको अर्थतन्त्र जरजर अवस्थामा छ यसको सङ्कट मोचनका लागि अब राष्ट्रिय सहमतिको सरकार गठन गर्न पनि उनले आग्रह गरे ।

बिज्ञापन

‘राष्ट्रिय स्वतन्त्र पार्टीले जनताको जुन अभिमत पायो । यो जनताको आक्रोश हो । मुख्यतः जिम्मेवार ठूला दलहरुको अकर्मण्यताको पराकाष्ठ हो’, उनले भने, ‘हामी राजनीतिको नाममा धेरै विभाजित भयौँ । अब देशलाई यो संकटबाट मुक्त गर्न सबै मिलेर राष्ट्रिय सहमतिको सरकार गठन गरौँ ।’

किराँतीले गणतन्त्र नेपालमा राणकालीन कानुन बोकेर हिड्नु परेको समेत बताएका छन् । ‘एउटा व्यवसाय दर्ता गर्न ७ ओटा मन्त्रालय र २२ ओटा विभाग र सयौ टेबल पुग्नु पर्ने अवस्था छ’, किराँती भने, ‘विदेशी पर्यटकलाई नेपाल भित्र्याउन झन्झटिलो नियम कानुनछन् । पैसामा चावि लगाएर मरूभूमिमा श्रम गर्न पठाउने हाम्रो नीतिमा मै खोट छ । युवालाई खाडी पठाएर तिनले पठाएको रेमिट्यान्सबाट देश चलिरहेको छ तर तिनलाई नै आज प्लेनको टिकट महँगो भएकोले सास्ती भइरहेको छ ।’

मन्त्रालय र मन्त्रीलेले नीति बनाउँछ नेतृत्व गर्छ पर्यटन बोर्डले प्रवर्द्धन र प्रचार गर्छ ,पर्यटन विभागले संरचना बनाउँछ होटल व्यवसायीले पाहुनालाई कहिल्यै नविर्सने सेवा दिएपछि मात्रै पर्यटनको सुन्दर आधार बन्ने समेत मन्त्री किराँतीले बताएका छन् ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन