एसीसी कप : कुवेतविरूद्ध रोहित र कुशलको अर्धशतक
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । एसिसी प्रिमियर कपअन्तर्गत सेमिफाइनल खेलमा कुवेतविरूद्ध नेपालका कप्तान रोहित पौडलले र मध्यक्रमका ब्याट्सम्यान कुशल मल्लले अर्धशतक प्रहार गरेका छन्।
लोक कल्याणकारी विज्ञापन

टियु खेल मैदानमा जारी खेल वर्षाका कारण ४२ ओभरमा झारिएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि रोहितले ५६ बल र कुशलले ४२ बलमा अर्धशतक प्रहार गरे।
लोक कल्याणकारी विज्ञापन

रोहितले ४ चौका र १ छक्का तथा कुशलले ४ चौका र ३ छक्का प्रहार गरे। कुशल ५७ रन जोडेर आउट भएका छन्।
बिज्ञापन

नेपालले २८.३ ओभरमा ४ विकेट गुमाएर १८९ रन जोडेको छ। ओपनरद्वय कुशल भुर्तेल ४३ रन र आसिफ शेख ३१ रन बनाएर आउट भए। यस्तै भीम सार्कीले एक रन मात्र जोड्न सके।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

