खेलकुद

एसीसी कप : कुवेतविरूद्ध रोहित र कुशलको अर्धशतक

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । एसिसी प्रिमियर कपअन्तर्गत सेमिफाइनल खेलमा कुवेतविरूद्ध नेपालका कप्तान रोहित पौडलले र मध्यक्रमका ब्याट्सम्यान कुशल मल्लले अर्धशतक प्रहार गरेका छन्।

टियु खेल मैदानमा जारी खेल वर्षाका कारण ४२ ओभरमा झारिएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि रोहितले ५६ बल र कुशलले ४२ बलमा अर्धशतक प्रहार गरे।

बिज्ञापन

रोहितले ४ चौका र १ छक्का तथा कुशलले ४ चौका र ३ छक्का प्रहार गरे। कुशल ५७ रन जोडेर आउट भएका छन्।

नेपालले २८.३ ओभरमा ४ विकेट गुमाएर १८९ रन जोडेको छ। ओपनरद्वय कुशल भुर्तेल ४३ रन र आसिफ शेख ३१ रन बनाएर आउट भए। यस्तै भीम सार्कीले एक रन मात्र जोड्न सके।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।