राष्ट्रिय समाचार

कैलाली प्रहरीको कमाण्ड समालेका दुई एसपी एसएसपीमा बढुवा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढीः कैलाली प्रहरीको कमाण्ड समालेका दुई प्रहरी उपरीक्षक (एसपी) वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस भएका छन्।

यसअघि जिल्ला प्रहरी कार्यालय कैलालीको कमाण्ड समालेका एसपी विश्व अधिकारी पहिलो नम्बरमा एसएसपीमा बढुवाका लागि सिफारिस भएका हुन्। त्यस्तै कैलाली प्रहरीकै कमाण्ड समालिसकेका एसपी सोमेन्द्रसिंह राठौर पनि एसएसपीमा बढुवा सिफारिस गरेको गृहमन्त्रालयले विज्ञप्तीमार्फत जनाएको छ।

बिज्ञापन

नेपाल प्रहरीले १८ उपरीक्षक (एसपी) लाई वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस गरेको छ। नेपाल प्रहरीको बढुवा समितिको शुक्रबार बसेको बैठकले १८ जनालाई एसएसपीमा बढुवा सिफारिस गरेको हो। भुपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल, अबिनारायण काफ्ले, मुकुन्द मरासिनी, दीपशमशेर जबरा र बेलबहादुर पाण्डे क्रमशः एकदेखि दशौं नम्बरको बढुवा सूचीमा छन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।