राष्ट्रिय समाचार

रातभर माइतीघर मण्डलाको सडकमा सुते महाबिर पुन

बिज्ञापन

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन रातभर माइतिघर मण्डलामा सुतेका छन् ।

बिज्ञापन

शुक्रवार देखी ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन’ नामवाट आन्दोलनमा उत्रेका पुन रातभर माइतीघर मण्डलामा सुतेर प्रदर्शन गरेका हुन् ।

‘लु, हामी चाहिँ माइतीघर मण्डलाको सडकमा रात भर सुतेर उठ्यौँ, जनताहरु सुति रहनुहोस र नेपाल सरकारलाइ मज्जाले सुत्न दिइ रहनु होस्,’ पुनले शनिबार बिहान भने, ‘के त होला र ? केही चिन्ता छैन, हद्दै भए यहि नेपाल ता जाला, पृथ्वी ता रहि रहन्छ नि ।’

अविश्कार केन्द्रका प्रमुख पुनले ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष’ को कार्य अघि बढाउनु पर्ने तथा अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने नेपालीका लागि प्रत्येक वर्ष संघीय र प्रदेश सरकारले कम्तिमा १ प्रतिशत रकम छुट्याउनु पर्ने लगायतका माग राखेर उनी आन्दोलनमा उत्रेका हुन् ।

गत २०७६ सालमा ल्याएको विज्ञान, प्रविधि तथा नवप्रवर्तन नीतिमा पनि कोष स्थापना गर्ने परिकल्पना गरिएको तथा त्यसमा १ अर्ब रुपैयाँ राखेर नवप्रवर्तन कोष सञ्चालन गरिने भनिए पनि सो बारेमा सरकारले कुनै काम कारबाही अघि नबढाए पछि आक्रोशित पुनः आन्दोलनमा होम्मिएका हुन् ।

‘अनुसन्धान, नबप्रबर्तन र आविष्कारसँग तपाईको सन्तानको, तपाईको भाबी सन्ततिको र मातृभूमीको भविष्य जोडिएको छ,’ आन्दोलनमा जानु अघि उनले भनेका थिए, ‘बैशाख १५ गते शुक्रबार देखि माग पुरा नहुँदा सम्म माइतीघर मण्डला र बबरमहल क्षेत्रबाट नेपाल सरकारलाई घुँडा टेकाउने गरि आन्दोलन गर्न सम्पूर्ण नेपालीहरुलाई आह्वान गर्दछु ।’

बिज्ञापन