राष्ट्रिय समाचार

महावीर पुनको माग पूरा गर्ने सरकारको प्रतिबद्धता

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । सरकारले राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनको माग सोमबार सम्ममा पुरा गर्ने भएको छ । आइतबार सिंहदरबारमा भएको वार्तापछि पुनले सकेसम्म आज साँझसम्ममा सहमति खोज्ने र नभए भोलिसम्ममा सहमति जुटाएर माग पुरा गर्नेगरी वार्ताबाट निर्णय भएको बताए ।

पुनका अनुसार सरकार र पुनबीच औपचारिक वार्ता भने साँझ ५ बजेसम्म दुबै पक्षले औपचारिक वार्ता टोली बनाउने र आन्दोलनको माग पूरा गर्न सहमति खोज्ने समझदारी भएको छ ।

बिज्ञापन

पुनलाई प्रचण्डको फोन
नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले पुनको माग सम्बोधन गर्न चासो देखाएका छन् ।सिंहदरबारस्थित रक्षा मन्त्रालयमा आइतबार भएको वार्ताको क्रममै प्रचण्डले माग पुरा गर्नका लागि दुई पटक फोन गरेर चासो देखाएको पुनको भनाई छ ।

बैठक अत्यन्तै सकारात्मक बनेको बताउँदै उनले भने- ‘छलफल एकदमै सकारात्मक छ, हामीले यहाँ रक्षामन्त्रीजीसँग वार्ता गर्दागर्दै पनि प्रधानमन्त्रीजीले दुई पटक फोन गर्नुभयो । यो छलफलचाहिँ सकारात्मक जस्तै देखिएको छ ।’

आफूहरुको माग भोलिसम्ममा पुरा गर्ने सरकारले प्रतिबद्धता जनाएको पुनले बताए । पुनले प्रधानमन्त्रीकै चासोमा आफूहरुलाई वार्तामा बोलाइएको पनि बताए ।

पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने माग गर्दै पुन शुक्रबारबाट अनिश्चितकालीन धर्नामा थालेका थिए । अन्दोलनमा समर्थन जुट्दै गएपछि पुनसँग वार्ता गर्न सरकारलाई चौतर्फी दबाब परेको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।