इन्टरपेक्टरद्वारा हवल्दारमाथि कुटपिट, आँखामा गम्भीर चोट

डोल्पा । नेपाल प्रहरीका इन्सपेक्टरको कुटाईबाट हवल्दार घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोल्पामा कार्यरत इन्सपेक्टर नवीन चापागाईले शनिबार हवल्दार हरि आरसीमाथि कुटपिट गरेका हुन् ।
इन्सपेक्टरको कुटाईबाट हवल्दारको आँखामा गम्भीर चोट लागेको छ । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । मदिरा सेवन गरेको आरोपमा इन्सपेक्टरले कुटपिट गरेका हुन् । बिदाको दिन भएकाले आफुले मदिरा सेवन गरेको हवल्दारको भनाई छ ।

प्रहरी नियमविपरीत गतिविधि गरेपनि विभागीय कारबाही गर्नुपर्नेमा इन्सपेक्टरले कुटपिट गरेकाले उनको गल्ती देखिएको छ । इन्सपेक्टरमाथि पनि सो घटनामा कारबाही गर्न लागिएको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
