राजनीति

उपेन्द्र यादवलाई चाँदीको मुकुट र २ सय किलोको माला

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बारा–जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई चाँदीको मुकुट र २ सय किलाको फूलको मालाले सम्मान गरिएको छ ।

वैशाख १० गते भएको उपनिर्वाचनमा बारा २ बाट निर्वाचित यादवलाई चाँदीको मुकुट र २ सय किलोको फूलको माला लगाएर सम्मान गरिएको हो । यादव मंसिर ४ मा सप्तरीबाट चुनाव हारेका थिए ।

बिज्ञापन

बाराको कलैया उपमहानगरपालिकामा भएको कार्यक्रममा स्थानीय जनप्रतिनिधिसहित जसपाका कार्यकर्ताहरूले अध्यक्ष यादवलाई चाँदीको मुकुटबाट सम्मान गरेका हुन् ।

कलैयामा जसपाबाट जितेका जनप्रतिनिधिहरूले बधाई तथा सम्मान कार्यक्रम आयोजना गरि अध्यक्ष यादवलाई चाँदीको मुकुटबाट सम्मान गरेका हुन् ।

यादवलाई चाँदीको मुकुट र २ सय किलोको फूलको माला लगाएर सम्मान गरेपछि कार्यकर्ताले नाराबाजीसमेत गरेका थिए ।

अध्यक्ष यादवलाई चाँदीको मुकुटबाट सम्मान गरिएको तस्वीर जसपा कार्यकर्ताको फेसबुकमार्फत सार्वजनिक भएको छ । 

त्यसअघि, यादवले चुनाव जित्नेबित्तिकै हात्तीसहितको जुलुससमेत निकालिएको थियो । हात्तीमा मधेसका मुख्यमन्त्री सरोज यादव र अर्थमन्त्री सञ्जय यादवसमेत चढेका थिए ।

तत्कालीन राजाले लगाउने शैलीमै यादवलाई चाँदीको मुकुट पहि¥याउने कार्यकर्ताले त्यसको खर्च कहाँबाट उठाए भन्ने चर्चाको विषय बनेको छ ।

मोरङ, सुनसरी हुँदै सप्तरी २ समेत छाडेर निर्वाचन क्षेत्र फेर्दै बारा २ पुगेका यादवलाई अहिले त्यहाँ ‘मधेशको मसिहा’ नाम दिएर सम्मान दिने क्रम जारी छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।