घटना समाचार

स्टार्फ नर्स श्रेष्ठ मृत फेला

बिज्ञापन

काठमाडौं, वैशाख १७ गते । काठमाडौँको वीर अस्पतालमा कार्यरत स्टाफ नर्स अनुमा श्रेष्ठ काठमाडौँ महानगरपालिका –१६ बोहराटारस्थित एक जना चिकित्सकको कोठामा मृत भेटिएकी छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार शनिबार अपराह्न उक्त घटना भएको हो ।

बिज्ञापन

घटनाबारे प्रहरीलाई ४ बजे खबर भएको तर हालसम्म शव घटनास्थलमै रहेको प्रहरीको भनाइ छ । कोसी अस्पतालमा कार्यरत डा. सुजन ढकालको कोठामा उहाँ मृत भेटिएको प्रहरीले जनाएको छ । 

घटनास्थलमा सुसाइट नोट फेला परेको र त्यसमा बाँच्न मन नभएको उल्लेख भएको प्रहरीले जनाएको छ । प्रहरीले आपसी सम्बन्धका कारण घटना भएको हुनसक्ने अनुमान गरेको छ । रासस

बिज्ञापन