घटना

दुई सातादेखि बेपत्ता आमाछोरा अझै फेला परेनन्

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

तनहुँ । दुई साता देखी बेपत्ता भएका आमा छोरा अझै फेला परेका छैनन् ।

दुई साता देखी बेपत्ता भएका ब्याँस नगरपालिका–१० बिपी भञ्ज्याङ्गका २० वर्षीया राममाया विक र ४ वर्षीयाको छोरा लप्सन विक अझै फेला नपरेका हुन ।

बिज्ञापन

राममायाको श्रीमान् लोकबहादुर विकले गत वैशाख ३ गते बिहान देखि  बेपत्ता भएको श्रीमती र छोरा खोजी गर्दा पनि फेला नपरेको बताए । श्रीमती र छोरा बेपत्ता भएको दुई साता नाघिसक्दा पनि फेला नपरे पछि  खोजीका लागि प्रहरी कार्यालयमा निवेदन दिएको उनले बताए ।
भारतको रोजगारीमा गर्दै आएका श्रीमान् लोकबहादुर श्रीमती र छोरा बेपत्ता भएको खबर भए पछि नेपाल आएका थिए । आफन्तलगायत सबैतिर खोजी गर्दा पनि फेला नपरे पछि खोजी गरिदिन उनले अपिल गरेका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।