सुदूरपश्चिम प्रदेश

अत्तरियामा खाली गरियो अतिक्रमित वन क्षेत्र

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढीः कैलालीको अत्तरियामा अतिक्रमित वन क्षेत्र खाली गरिएको छ।

गोदावरी नगरपालिका अत्तरियास्थित चौकी डाडामा वन र सडक क्षेत्र अतिक्रमण गरे निर्माण गरिएका करिब दुई दर्जन घर टहरा वन कार्यालयले खाली गरेको हो। दुईवटा डोजरको सहायताले अतिक्रमित सबै घरटहरा खाली गरिएको छ। तीन वर्षदेखि जंगल किनारमा टहर निर्माण गरेर बस्दै आएकाहरुका घर टहरा भत्काएर पुरै क्षेत्र खाली गरिएको डिभिजन वन कार्यालय धनगढीले बताएको छ।

बिज्ञापन

वन डिभिजन कार्यालय, स्थानीय तह र स्थानीयसँगको सहकार्यमा अतिक्रमित वन क्षेत्र खाली गर्ने काम अहिले पनि जारी छ। अतिक्रमित वन क्षेत्र खाली गर्न वन सुरक्षाकर्मी तथा नेपाल प्रहरीसहित ठुलो संख्या सुरक्षाकर्मी परिचालन गरिएको थियो।

सडक किनारमा वन क्षेत्रको जमिन ओगटेर घर टहरा निर्माण गरी बस्दै आएकाहरुले विरोध गरे पनि डिभिजन वन कार्यालयले अतिक्रमित क्षेत्र खाली गराउन डोजर चलाएको हो। सो क्षेत्रमा अधिकांश दलित समुदायको बसोबास थियो। भूमि नभएकालाई भूमिको व्यवस्था गरिदिनुपर्ने भन्दै उनीहरुले महेन्द्र राजमार्गको सडक किनारमा तीन वर्ष अघि नै बस्ती बसालेका थिए।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।