राष्ट्रिय समाचार

१ करोड १५ लाख अवैध सम्पत्ति कमाएको ठहरसहित यातायातका उपसचिवविरुद्ध भ्रष्टाचार मुद्दा

बिज्ञापन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सुकेधारास्थित सवारी चालक अनुमतिपत्र कार्यालयका तत्कालीन उपसचिव सुन्दर भट्टराईविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बिज्ञापन

उनले सरकारी सेवा प्रवेश गरेको २०३८ साउन १ देखि २०७५ मंसिर मसान्तसम्म गरेको आम्दानी र खर्चको हिसाब गर्दा उनको सम्पत्तिमध्ये १ करोड १५ लाख २९ हजार १९३ रूपैयाँको स्रोत नखुलेको भन्दै आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको हो ।

उपसचिव भट्टराइको वैध आम्दानी १ करोड ९२ लाख एक हजार ९२२ रहेको तर उनको खर्च ३ करोड ७ लाख ३१ हजार ११६ रुपैयाँ ५ पैसा देखिएको आयोगले जनाएको छ । अवैध आर्जनको सम्पत्ति पत्नी मुना अधिकारी भट्टराई, छोरा उत्सुक भट्टराई, छोरी प्रेरिका भट्टराई र आमा इन्दिरा भट्टराईको नाममा राखिएको सम्पत्ति जफत गर्न माग गरिएको आयोगका प्रवक्ता एवम् सहसचिव भोला दाहालले जानकारी दिए ।

बिज्ञापन