बिश्व

सुडानमा जारी द्वन्द्वका कारण ८ लाख ६० हजार मानिस विस्थापित हुनसक्ने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

खार्तुम– युद्धविरामको पछिल्लो प्रयासको वेवास्ता गर्दै सुडानको राजधानी खार्तुममा बिहीबार लगातार २० औं दिन पनि गोली हानाहान र विष्फोट भएको छ । संयुक्त राष्ट्रसङ्घले द्वन्द्व लम्बिँदै जाँदा आठ लाख ६० हजार शरणार्थी पलायन हुने चेतावनी दिएको छ ।

पछिल्लो युद्धविरामको समयावधि बुधबार मध्यरातमा सकिएपछि सेनाले सात दिने नयाँ युद्धविरामको पालना गर्न तयार रहेको बताएको थियो । तर अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सेज (आरएसएफ)बाट यस सम्बन्धमा कुनै प्रतिक्रिया आइसकेको छैन।

बिज्ञापन

खार्तूममा प्रत्यक्षदर्शीहरूले ५० लाख जनसङ्ख्या भएको शहरमा बिहान सबेरै सडकमा ठूलो विस्फोट र गोली हानाहान भएको र दिनको समयमा झडप भएको बताएका छन् ।

परराष्ट्र मन्त्रालयले आरएसएफले खार्तुमस्थित भारतीय दूतावासमा आक्रमण गरेको आरोप लगाएको छ, तर यसलाई कूटनीतिक नियोगले तत्काल पुष्टि गरेको छैन ।

गत अप्रिल १५ मा सुडानका नेता अब्देल फतह अल–बुरहान र आरएसएफका प्रमुख मोहम्मद हमदान डग्लोबीच भीषण शहरी युद्ध सुरु भएको थियो ।

सशस्त्र द्वन्द्व स्थान तथा घटना तथ्याङ्क परियोजनाका अनुसार यस लडाइँमा करिब ७०० जनाको मृत्यु भएको छ भने अधिकांश मृत्युका घटना खार्तुम र डार्फरमा भएका छन् ।

संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकायले उत्तर अफ्रिकी मुलुकबाट आठ लाख ६० हजार मानिसलाई स्वदेश फर्काउने तयारी गरिरहेको र अक्टोबरसम्ममा उनीहरूलाई सहयोग गर्न ४४ करोड ५० लाख अमेरिकी डलर आवश्यक पर्ने बताएको छ ।

यूएनएचसिआरका सहायक अपरेशन प्रमुख राउफ माजौले भने, ‘बढ्दो आवश्यकतालाई सम्बोधन गर्न हामीलाई तत्काल समयमै, नयाँ कोषको आवश्यकता छ । आवश्यकताहरू विशाल छन्, र चुनौतीहरू असङ्ख्य छन् । यदि यो सङ्कट जारी रह्यो भने यस क्षेत्रमा शान्ति र स्थिरता खतरामा पर्न सक्छ ।’

सुडानमा युद्ध सुरु भएयता स्वदेशी तथा विदेशी गरी एक लाख १५ हजारभन्दा बढी मानिस सुडानबाट बाहिरिएका छन् । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।