राष्ट्रिय समाचार

विदाको दिनमै जिल्ला प्रशासनबाट सेवा पाउँदा दंग

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

स्याङ्जा, वैशाख २२ गते । पुतलीबजार नगरपालिका ७ का ४८ वर्षीय कृष्णप्रसाद पौडेलले विदाको दिनमा जिल्ला प्रशासन कार्यालय, स्याङ्जाबाट सेवा पाउँदा दंग पर्नुभएको छ । यस आर्थिक वर्षका विदा मध्ये १६ दिन प्रशासन कार्यालयले नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रको सेवा दिने सरकारको निर्णयअनुसार पौडेलले सेवा पाउनुभएको हो । 

नागरिकता हराएपछि काठमाडौंमा व्यापार गरेर बस्ने पौडेलले प्रतिलिपि लिन विदामा पनि लिन पाएपछि चाँडै फर्कन पाएको बताउनुभयो । 

बिज्ञापन

बिहीबार सिफारिस बनाउँदा दिक्क भएको बताउँदै पौडेलले शुक्रबार विदाको दिनमा नागरिकताको प्रतिलिपी र परिचयपत्रको फोटो खिचाएको बताउनुभयो । 

पौडेल मात्र होइन अर्जुन चौपारी गाउँपालिका ३ का ३० वर्षीय नविन काफ्ले नेपाली नागरिकता र राष्ट्रिय परिचयपत्रको फोटो खिचाएर विदाको दिनमा सेवा लिनुभएको छ । 

भारतको गुहावटीमा बस्ने काफ्ले नेपालमा कामले आएको बेलामा नागरिकता विदाको दिनमा झिक्ने अवसर पाएकोमा खुसी भएको बताउनुभयो । 

सरकारले विदाको दिनमा प्रशासन कार्यालयले सेवा दिन गत चैत २ गते राजपत्रमा प्रकाशन गरेको थियो । 

शुक्रबार छ जनाले वंशजको नागरिकता, दुई प्रतिलिपी र आठ जनाले राष्ट्रिय परिचयपत्रको फोटो खिचाएको प्रजिअ शशिधर घिमिरेले बताउनुभयो । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।