राष्ट्रिय समाचार

सिम्रिक एयरका सबै उडानमा रोक

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । सिम्रिक एयरका सबै उडानमा प्रतिबन्ध लगाइएको छ । शुक्रबार संखुवासभाको भोटखोलामा हेलिकप्टर दुर्घटनामा परेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिकका सबै उडान स्थगित गरेको हो ।

सिम्रिकका अन्य हेलिकप्टरहरूको विस्तृत निरीक्षण गर्नुका साथै सडान सञ्चालन, वायु योग्यता र सुरक्षा व्यवस्थापन प्रणालीको लेखा परीक्षणका लागि उडानमा प्रतिबन्ध लगाइएको क्यानले जनाएको छ ।

बिज्ञापन

शुक्रबार दिउासो अरुण तेस्रो जलविद्युत आयोजनाको सामान बोकेर गएको सिम्रिक एयर नाइन एन- एजेजेट हेलिकप्टर भोटखोला-४ सिप्रुङमा दुर्घटनामा परेको थियो । चालक सुरेन्द्र पौडेलसहित ५ जना सवार उक्त हेलिकप्टरमा तीनजना घाइते भएकोमा एक यात्रुको मृत्यु भएको थियो । अन्यको काठमाडौंमा उपचार भइरहेको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।