घटना

विवादपछि बालकले विषादी पिए, उपचारका क्रममा मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

सल्यान :  जिल्लाको बागचौर नगरपालिकामा विषादी सेवनबाट एक बालकको मृत्यु भएको छ। विषादी सेवनबाट बागचौर नगरपालिका ४ लौराबाङका १२ वर्षीय रवीन पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

आफ्नै बारीमा काम गर्ने क्रममा आमा र दाइसँग सामान्य वादविवाद हुँदा  रवीनले घर आई नुभान नामक विषादी सेवन गरेका थिए।

बिज्ञापन

विषादी सेवन गरी घरको ट्वाइलेटमा बेहोस पल्टेको अवस्थामा आमाले देखेकी थिइन्। बेहोस पुनको सल्यान बागचौरमा रहेको जनप्रिय पोलिक्लिनिकमा सामान्य उपचारपश्चात् नेपालगञ्ज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए।

नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा रवीनका मृत्यु भएको उनको खनालको भनाइ छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।