लडाकुकाे नाममा राज्यको सम्पति माओवादीले आफ्नै खल्तीमा राख्न खोज्याे : ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचारको छानबिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्नुपर्ने बताएका छन् ।
च्यासलस्थित पार्टी मुख्यालयमा बसेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले लडाकु शिविरमा भएको भ्रष्टाचारको छानबिन गर्न अख्तियारलाई आग्रह गरे ।

अयोग्य लडाकुलाई दुई लाख बाँड्ने भनेर एकलौटी निर्णय गरेर अगाडि बढ्न खाजेको भन्दै उनले राज्यको ढुकुटी अनुचित ढंगले खल्तीमा हाल्ने कार्य पनि भ्रष्टाचार नै भएको बताए ।
कर्मचारीलाई तलब खुवाउन गाह्रो पर्ने अवस्थामा अयोग्य लडाकुलाई दुई लाख बाँड्ने निर्णय पनि भ्रष्टाचार भएको ओलीको भनाइ छ । सरकारको नेतृत्व गरिरहेका माओवादी केन्द्रका नेताहरुले माओवादी लडाकुलाई दिने भनेर निर्णय गर्ने र त्यो रकम आफैं राख्ने तयरी भइरहेकाे उनको भनाइ छ ।
लडाकु शिविरको नाममा नभएका नभएका व्यक्तिको नाममा अर्बौं पैसा घोटाला भएको अध्यक्ष ओलीको आरोप छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
