राष्ट्रिय समाचार

पासाङ दावाले बनाए २६औँ पटक सगरमाथा चढेर कीर्तिमान

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

सोलुखुम्बु – ३ नेपालीसहित ६ जनाले सगरमाथाको आरोहण गरेका छन् । आज बिहान पौने ९ बजे ३ नेपाली र ३ विदेशी गरी ६ जना आरोहीले सगरमाथाको आरोहण गरेका हुन् ।

पहिलो आरोहणबाट नेपाली आरोही पासाङ दावाले २६औँ पटक सगरमाथा चढेर कीर्तिमान राखेका छन् । खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ४ पाङबोचेका पासाङदावा शेर्पाले २६औँ पटक सगरमाथाको शिखर चुमेका हुन् ।

बिज्ञापन

त्यस्तै आज सफल आरोहण गर्नेमा खुम्बु पासाङल्हामु ५ थामेका पासाङतेम्बा शेर्पा र त्यही गाउँका आङङिमा शेर्पा रहेका सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) का अध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिए ।

यस्तै, पहिलो आरोहणबाटै पाकिस्तानी नागरिक माइली तानी, अमेरिकन महिला आरोही जेसिका र हङ्गेरीका मटन टि सेर्सले पनि सगरमाथाको आरोहण गरेका छन् । यो वसन्त ऋतुको पहिलो सफल आरोहण हो ।

वसन्त ऋतुको यो यामको सगरमाथा आरोहण हिजोदेखि सुरु भएको थियो । अहिले आधार शिविरभन्दा माथि सयौँको सङ्ख्यामा आरोहीहरु चुचुरोतर्फ लागेका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।